Thursday, January 30, 2014

दश लाखका शहीद 

शहीद आफैमा एउटा शक्तिशाली शब्द हो, तर नेपालमा यसको परिभाषा अलि भिन्न भैसकेको छ. हिजोका दिनमा जो सहिद बने ति साचिकै सहिद थिय तिनीहरु लाखौ नेपालीको मन मुटुमा आफ्नो नाम लेखायर आफ्नो ज्यानको आहुति दियका थिय. आजको परिबेश भिन्न भैसकेको छ,आजका शहिद लाखौ जनता को मनमा होइन लाखौ पैसामा बस्न थाले,जसले आफु त मरेर गय साथमा मारेर गय शहिद को परिभाषा आखिर के तेही नै हो त ति शहिदको चाहना? पक्कै होइन तिनीहरु जो साचिकै शहिद थिय तिनीहरुले पैसाकोलागि शहिद भयका थियनन,अनि थियन चाहना शहिद गेटमा शालिक होस भन्ने नै, तर आज का शहिद हरु दश लाखका निम्ति नै शहिद भैराखेका छन,अनि मेरो पनि एउटा शालिक होस भन्ने चाहना राखेरै शहिद भैराखेका छन. आज हरेक मृत्युको कारण शहिद हुने राम्रो माध्यम हुदै गयको छ, शहिदहरु त यी हुन जसले समग्र रास्ट्रको निम्ति लडे:-
१ शुक्रराज शास्त्री (जन्मनामःशुक्रराज जोशी) नेपालका शहीद तथा नेपालभाषाका प्रमुख साहित्यकार थिए। उनी आर्य समाजका एक सक्रिय सदस्य थिए। उनलाई राणाहरूले नेपाल सम्बत १०६१मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।
२ दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ।  तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भक्भतिमा  गोली हानी मृत्युदण्ड दियो।
३ धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल नवहिलमा भएको थियो।धर्मभक्तलाई पक्राउ गरियो र वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो।
४ गङ्गालाल श्रेष्ठ(वि.सं. १९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासक विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए।
स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप  जिल्लाको भँगेरी गाउँमा भएको थियो।। उहाँलाई १९९७ साल माघ १५ गते  दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। 

No comments:

Post a Comment