सरस्वति,म अनि उनि
धत,यति बेरसम्म सुतियछ घरमा आमा बुवा भाउजु सबै आफ्नो आफ्नो काम सकेर चिया पिउने बेला भैराखेको रहेछ,आखा मिच्दै उठेको देखेर आमाले भन्नुभयो"आज त सरस्वती पुजा होइन र?"आमाको कुरा टुङ्गिन नपाउदै बुवा ले ब्यङ्ग हान्नु भो,"एह उठी सक्नु भो"मैले कुनै प्रतिक्रिया नदिकन धारा तिर लागे धाऱामा हात मुख धुदै थिय बाटोमा दुइ जना नै रहेछन. बाटोबाटै एउटाले भन्यो"साले बल्ल उठेको त?"मैले जिस्किदै भने "मुला त आज चाडो उठिस भनेर भयो"म तेतिमात्र प्रतिक्रिया दियर नुहाइ धुवाइ तिर लागे अनि उनिहरुलाइ पनि ५ मिनेटमा निस्केने कुरा जनाए,हुन त हामि नेपालिको बानि नै परिसकेको हुन्छ,अनि म पनि कहा बाट अछुतो रहन्छु र?५ मिनेट मा झर्ने भने पनि झन्डै आदि घन्टा पछि साइकल टिर्लिङ---टिर्लिङ पर्दै निस्किय। उनिहरु पनि रेडि भैसकेर बाटोमा थिय,अनि सधै जस्तै उहि बाटो उहि खत्राङ-खुत्रुङ हुने बाटोमा साइकल कुदाइयो,तेस दिन अलि भिन्न भयकाले हामि अरु दिन जस्तो छुटियनौ घर देखि स्कुल नपुगुन्जेल ३ जना सङै भयर गैयो,बाटोमा साइकल कुदाउदा आखा डुलाउन भने छडिन्थेन,तेसैले कतिबेला त ठुलै ढुङामा डर्लङ उफृन्थेउ।१० बजे तिर स्कुल पुगियो,सबै जना आफ्नो आफ्नो किसिमले पुजा गर्न बेस्त थिय,अनि हामिलाइ देखेर उनि हामि भय नजिक आइपुगिन उनि आयको देख्ना साथ २ जना साइड लागे,मनमनै भने साथि भनेको साथि नै हुन,अनि म र उनि मन्दिर तिर लागियो,सरकारि स्कुल भयपनि त्यो स्कुल अन्यको तुलनामा स्तरिय थियो तेसैले बिध्यार्थिको प्राय क्लासमा १०० बाट माथि हुन्थ्यो।तेसैले पनि पुजा गर्ने लाइन झन्डै दुइ तिन सय मिटर जति लामो थियो,पुजा गर्ने लाइन मा फाट फुट अलि भलाद्मि जस्ता देखिने मान्छे पनि थिय,सायद स्थनिय थिय। लाइन मा बसेको पनि पौने एक घन्टा भयछ पुजा गर्ने पालो आयो म पछि उनि अगि थिइन उन्ले पुजा गरेको हेरे कति राम्रो देखियको त्यो कुर्ता सुर्वाल् कस्तो सुहायको म त झन्डै तेहि हरायको,एक्कासि झसङ भय ओए पुजा गर भन्दा त,म ट्वाल्ल परेर बसेको देखेर सबैले सक गरेछन,अनि म भ्न्दा पछिकोले भन्यो,उस्ले पुजा गरि अब तैले किन गर्नु पर्यो र?त्यो कुरालाइ प्रतिबाद गर्न चाहिन,म आफ्नो सुरले पुजा गरे,अनि एताउता नहेरि तेहा बाट निस्किय,उनि एक्लै बसेकि रहेछिन,म पनि उन्लाइ नदेखे जसरि प्रसाद बितरण भय तिर लागे,म उता लागेको देखेर छड्के नजरले हेर्दैथिइन त्यो देख्दा मलाइ अझ आनन्द लाग्यो अनि अझ राम्रि पनि,प्रसाद बाड्नेमा साथिहरु पनि थिय अनि पाले दाइ पनि,मैले प्रसाद मागे सोचे दुइ जना लाइ माग्छु तर मागिन एउटै सानो प्लास्टिकको प्लेटमा लिगे अनि खुरुखुरु उनि भयको ठाउमा गय,उनि एकसुरले बसेकि थिइन मैले पछि बाट घच्चा लगाउदा झसङ भैन तर मुखबाट आवाज निक्लेन,मैले भने -किन एकलइ बसेकि?उनले तुरुन्त प्रतिकृया जनाइन,-तिम्ले के भन्छौ भनेर,म हासे अनि उनि पनि हासिन मन्द मुस्कान मा अनि मलाइ जिस्काउदै भनिन, हेहेहे,,,,,म बोलिन अनि इसाराबाटै दिय प्रसाद उनले थोरै टिपेर प्लेटबाट हात निकालिन र भनिन आ गर म झस्किय अनि मुख खोले उन्ले थोरै बाट थोरै मलाइ खुलाइन् अनि तेसैबाट बाकि रहेको आफ्नो मुखमा राखिन,म बोल्न सकिन मन मनै सोचे कति माया गर्छिन है मलाइ,मैले सोचि मात्र रहे,,अनि प्लेटमा बकि रहेको दुबै मिलेर खायौ।अनि हामि गफ़ गर्न लागेउ कतिबेला पढाइको त कतिबेला आफ्नो भविस्यको बारेमा ,तेतिकै मा हाम्रो मिले ग्रुपको ६|७ जना हामि भय सामु आय कराउदै तिमिहरुलाइ हमि चाहिन्नौ है? हामि केहि बोलेनौ अनि एकछिन तेहि रमाइलो गरेर फोटो खिच्न निस्कियौ,बाहिर मान्छेको भिडभाड हटिसकेको थियो,अनि एउटा फोटो स्टुडियो बाट तेहि आयको रहेछ४|५ फोटो हरु तेहि खिचेर स्टुडियो तिर लागेउ तेहा ग्रुप अनि डबल तृबल फोटो खिचेउ अनि हामि २ जनाको पनि धेरै नै खिचियो,मन मनले सोचे एकछिन कहि बसेर गफ गर्न पाय पनि हुन्थ्यो नि,तेतिकैमा एउटाले भन्यो ओए घर जाने होइन?म झस्किय अनि यसो घडि हेर्दा ३ बजिसकेको रहेछ अनि उन्लाइ साइकलको पछि राखेर उनको घर हुदै निस्कियौ गफ गर्दै उन्लाइ घर छाडेपछि कता कता एकलै भयको अनुभुति भयो।तर पनि घर त जानु नै थियो अनि पुन तेहि बाटो दाया बाया आखा डुलाउदै गफ लडाउदै उहि खत्राङ खुत्रुङ बाटोमा साइकल कुदाउदै घर पुगेउ।
सरस्वति पुजामा आधारित काल्पनिक कथा

No comments:
Post a Comment