Sunday, July 14, 2013

Nepali Ukhan Tukka(नेपाली उखान टुक्का)

Nepali Ukhan Tukka(नेपाली उखान टुक्का)

राजाको काम चारैतिर बदनाम
बादरको पुच्छर टाई न इँजार
तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
कलिवुडको जात्रा तिघ्राको व्यापार।
सीतैंमा पाये भट्टि रीत्तै ।
के खोज्छस् नेता ? कुर्सी ।
घाँटी हेरी हाइनेक किन्नु ।
रातभरि सराप्यो महाजन त जिउदै ।
जोगीको घरमा हिप्पी पाहुना ।
एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
जँहा केरा उहिँ मदिसे को देरा ।
रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
बाहुन को टुप्पी एन्टेना न एरियल ।
कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
खाई न पाई दौरामाथि टाई ।
नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
आजकालका केटी स्टाइलको भारी
टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
आमा बाबुलाई समस्या टार्न गार्हो
छोराछोरीलाई भने स्टाईल नै प्यारो
श्रीमती कति बाठी
बोका स्टाईलको केश काटी
तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
प्रेमिकाले छोडेको कहिले कहिले
लभलेटर लेख्छन् आहिले
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
आमा पनि ब्युटी छोरि पनि ब्युटी
बाउले गर्नु पर्ने चुलाको ड्युटी
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
प्रशासनमा घुसखोरी
जनता बोल्दैनन् मुख फोरी ।
जेठी बुढीको राम्रो कुरा तितो
कान्छीको चाहिँ झटारो नै मिठो ।

1 comment:

  1. युगसंग मिल्ने टुक्का र उखानहरु, राम्रो लाग्यो।
    पुराना कति प्रयोग गरिरहनु................................

    ReplyDelete